काठमाण्डौ माघ ३,बुधबार ११ बजे बसेको पहिलो बैठकमा कुरा नमेलेको पछि पुन:३ बजे बसेको मन्त्री परिषदको बैठकले सातवटै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको छ । निकै लामो विवाद र छलफलपछि सरकारले बुधबार अस्थायी राजधानी तोकेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए। जस अनुसार प्रदेश १ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।
प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।
राजधानी तिके संगै देशका बिभिन्न स्थानमा आन्दोलनका कार्यक्रम घोषणा भएका छन जस अनुसार प्रदेश नं.५ को राजधानी दाङमा हुनु पर्ने माग दाङका राजनैतिक दल र स्थानिय बासिन्दाले अनिश्चित कालिन दाङ बन्दको घोषणा गरेका छन ।