images
images

 चितुवाको बिक्रि गर्न हिडेका दुई युवक पक्राउ

काठमाडौं, माघ ३:-  चितुवाको छाला र हड्डी कारमा राखेर बिक्रि गर्न हिडेका दुई युवक तनहुँमा मंगलबार पक्राउ परेका छन्।

गोरखामा इत बहादुर घले र नुवाकोटका भिम बहादुर तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो।

उनीहरुबाट ध्वाँसे चितुवाको ३ वटा छाला  तथा ५ केजी ५५ केजी हड्डी बरामद गरेको छ। बा १५ च ७४५६ नम्बरको स्कोरपियो कारमा सवार उनीहरुलाई पक्राउ गरी जिल्ला वन कार्यालय तनहुँमा बुझाएको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।