काठमाडौं, माघ २:- सरकारले मंगलबार सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको हो।प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय आफैँ गर्न लागेका हुन्। यही निर्णय गर्न देउवाले मंगलबार दिउँसो चार बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै माघ ४ सम्म प्रदेश प्रमुख नतोके माघ २४ गतेको राष्ट्रियसभा निर्वाचन प्रभावित हुने चेतावनी दिएपछि सरकारले मंगलबारै यो काम सक्न लागेको हो।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंगलबार मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्ने बताए। ‘प्रदेश प्रमुख तोक्न गृहकार्य पूरा भएको छ, मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रमुख तोक्ने निश्चित हो’, उनले भने। प्रदेश प्रमुख कसलाई बनाउने भन्ने लगभग तय भइसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेश प्रमुखमा पूर्वसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङ, मोहनराज मल्ल, अनुराधा कोइराला, रत्नेश्वरलाल कायस्थ, उमाकान्त झा, दुर्गाप्रसाद खनाललगायतलाई सिफारिस गर्ने गरी प्रस्ताव तयार भएको छ।
‘प्रदेश प्रमुख तोक्न गृहकार्य पूरा भएको छ, मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रमुख तोक्ने निश्चित हो।’ – यज्ञबहादुर थापा, कानुनमन्त्री
कानुनमन्त्री थापाले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका र कुनै विवादमा नपरेका व्यक्तिलाई प्रदेश प्रमु