images
images

अायाेगद्धारा राष्ट्रियसभाका लागि दस्तखत माग

काठमाण्डौ माघ १, निर्वाचन आयोगले राजनीतिक दलहरुसँग राष्ट्रियसभा सदस्य निर्वाचनका हस्ताक्षरको नमूना माग गरेको छ। आयोगले आज सूचना जारी गर्दै दलहरुलाई उम्मेदवारहरुको मनोनयनको औपचारिक पत्रमा प्रयोग गरिने हस्ताक्षरको नमूना माग गरेको हो।

आयोगले उम्मेदवार मनोनयनको अधिकार प्राप्त व्यक्तिको नाम, थर, पद र दस्तखतको नमूना पेश गर्न दलहरुलाई माघ ३ गतेसम्मको समय दिएको छ। यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा २१ दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार, मनोनयनको औपचारिक पत्र प्रदान गर्न दलले अख्तियारी दिएको व्यक्ति निर्वाचन आयोगमा अद्यावधिक गरिएको दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी हुनुपर्नेछ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिन लागेको दलले दस्तखतको नमूना बुझाउँदा केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपीसमेत पेश गर्नुपर्ने आयोगले जनाएकाे छ। दस्तखत नमूना फारम वेबसाइट र आयोगबाट लिन सकिने जनाइएको छ ।