images
images

बार्सिलोनाको जितमा स्वारेज नायक

स्यान सेबास्टियन (एजेन्सी) लुइस स्वारेजले खेलको अन्त्यतिर दुई गोल गर्दै एक गोलको सहयोगी भूमिका पनि खेलेपछि बार्सिलोनाले स्पेनी ला लिगमा उत्कृष्ट पुनरागमन रच्दै आइतबार राति रियल सोसिडाडमाथि ४–२ को जित रचेको छ । यस जितपछि बार्सिलोनाले लि तालिकाको शीर्ष स्थानमा आफ्नो नौ अंकको अग्रता फेरि कायम राखेको छ ।

सोसिडाडले विलियन सोस र जुनमीको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । तर स्वारेजले ५० र ७१ औं मिनेटमा गोल गरे भने खेल सकिन छ मिनेट अगाडि पउलिन्होका लागि गोलको अवसर पनि सिर्जना गरे । टिमलाई खेलमा फर्काउन लियोनल मेसीले फ्रि किकबाट उत्कृष्ट गोल गरेका थिए । यो जितपछि बार्सिलोनाको ५१ अंक भएको छ ।
यो जितले बार्सिलोना रियल म्याड्रिडमाथि १९ अंकको अग्रता खोल्न पनि सफल रह्यो । बार्सिलोना सोसिडाडको मैदानमा सन् २००७ यता जितहीन रहेको थियो र यसपल्टको खेलले ३४ मिनेट छुंदा यो क्रम जारी रहने देखिएको थियो । तर आफू पछाडि रहेको स्थितिमा बार्सिलोनाले आक्रामक खेल पस्केको थियो ।