अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘मिस्टर झोले’ ले अपेक्षित ईनिसियलको व्यापार गरेको छ । रामबाबु गुरुङ निर्देशित यस फिल्मले शनिबार र शुक्रबार दर्शकलाई हलमा आकर्षण गर्न सक्यो । निर्माता र वितरकले दुई दिनको व्यापारलाई आक्रमक भनेका छन् ।
वितरक गोविन्द शाहीका अनुसार ‘मिस्टर झोले’ ले शनिबार राजधानीका अधिकाशं मल्टिप्लेक्सका शोजमा हाउसफूल दर्शक तान्न सफल रह्यो । एकलमा भन्दा मल्टिप्लेक्समा दर्शकको ‘फ्लो’ उच्च रहेको वितरक शाहीको दाबी छ । यता निर्माताद्वाय टेकेन खड्का र रौनकविक्रम कंडेल हलमा दर्शकको उपस्थिति देखेर दंग छन् । शनिबार हल राजधानीका गएका निर्माता खड्का र कंडेल दर्शकको उपस्थिति र प्रतित्रिया पाएर खुसी देखिए ।