images
images

मुग्लिङ-नारायणगढ सडक खण्ड चौबिसै घण्टा खुल्ने

काठमाण्डौ पौष २९, गत पौष १८ गते देखी रातको समयमा दैनिक ६ घण्टा बन्द हुँदै आएको मुग्लिन – नारायणगढ सडक भोलिबाट ४ दिन सम्म २४ सै घण्टा खुला रहने भएको छ। माघे सङ्क्रान्ति(माघी) लाई मध्यनजर गर्दै  भोलि आईतबार देखी माघ २ गतेसम्म ४ दिनको लागि २४ सैं घण्टा बाटो खुला गर्ने निर्णय गरेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी गराएको छ। ४ दिन अर्थात माघ २ गतेपछि पुन: फेरि राती १0 देखि बिहान चार बजेसम्म सो सडक बन्द हुनेछ।