images
images

निर्माणाधिन महाकाली कोरिडोर अवरुद्ध

डडेल्धुरा पौष २६, सरकारको प्राथमिकतामा रहेको योजनामध्येको महाकाली कोरिडोरको निर्माणकार्य अवरुद्ध भएको छ । महाकाली कोरिडोर अन्तर्गत् बैतडी र डडेल्धुरामा निर्माणकार्य अवरुद्ध भएको दार्चुला तिंकर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताए । कन्चनपुरको बह्मदेवदेखि दार्चुलाको खलंगासम्मको २९१ किलोमिटर सडकको वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० नहुँदा निर्माणकार्यमा अवरोध भएको हो ।

शाहले भने–‘दार्चुलादेखि तिंकरसम्मको १३५ किलोमिटर सडकखन्डमा भने निर्माणकार्य भइरहेको भएपनि विस्फोटक पदार्थको अभावमा काम गर्न समस्या भएको छ ।’ कन्चनपुरको बह्मदेवदेखि सडक निर्माणका लागि ठेक्का नै हुन सकेको छैन । वातावरणीय प्रभाव मूल्यांकन नहुँदा सडक निर्माणको ठेक्का हुन नसकेको हो । ठेक्का भएर काम सुरु गरिएको डडेल्धुराको जोगबुढा क्षेत्रमा पनि बीचमा जंगलपरेपछि सडक निर्माणकार्य अवरुद्ध भएको छ । यता, बैतडीको त्रिपुरासुन्दरी देखि १० किलोमिटर ट्रयाक खोलिएको भएपनि अब जंगल क्षेत्र पर्ने भएकाले निर्माणकार्य रोकिने योजना प्रमुख शाहले जानकारी दिए ।

महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्यांकन नभएकाले निर्माणकार्य रोकेको जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए । उनले भने–‘यति ठूलो राजमार्गको वातावरणीय प्रभाव मूल्यांकनबिनै काम भइरहेकाले रोकिएको हो ।’ महाकाली कोरिडोरको वातावरणीय मूल्यांकनको अन्तिम प्रतिवेदन वातावरण मन्त्रालय पुगेको र अब डेढ महिनाभित्रै प्रतिवेदन तयार हुने योजना प्रमुख शाहको भनाइ छ । महाकाली नदीको किनारै–किनारै कन्चनपुरदेखि निर्माणकार्य सुरु भएको महाकाली कोरिडोरको निर्माणकार्य इआएको अभावमा रोकिएको हो । दार्चुला तिंकर सडक योजनाले अहिले महाकाली कोरिडोरको जिम्मेवारी लिएको छ ।

चालू आर्थिक वर्षमा ३० करोड बजेट छुट्याइएको ब्रह्मदेवदेखि डडेलधुरा, बैतडी हुँदै दार्चुलाको तिंकरसम्मको ४२६ किलोमिटर सडकखन्ड इआइए नबन्दा रोकिएको दार्चुला तिंकर सडक योजनाका प्रमुख शाहले बताए । ‘कन्चनपुरको ब्रह्मदेवमा सडक निर्माणका लागि ठेक्कासमेत भएको छैन’–उनले भने–‘डडेलधुरा, बैतडी र दार्चुलामा गरी तीन खन्डमा निर्माणकार्य चलिरहेकै बेलामा वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० बिना काम नगर्न दबाद आएपछि काम रोकिएको छ ।’

दार्चुला–तिंकर सडकमा भने निर्माण गर्न चाहिने १० टन विस्फोटक पदार्थ नेपाली सेनाले दिन नसक्दा निर्माणकार्य अघि बढ्न नसकेको योजना प्रमुख शाहको भनाइ छ ।तिंकर सडकको पीपलचौरीको विजयपुर भीर, राप्लाको फतङगाडदेखि घाँटी बगर क्षेत्रमा सडकको ट्र्याक खोल्न विस्फोटक पदार्थ आवश्यक छ ।

narayanionline