images
images

प्रधानन्यायाधिशको राजिनामा माग गर्दै डा.के.सी.१४ औ पटक अनसनमा

काठमाण्डौ २४, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले १४ औँ पटक अनसन घोषणा गरेका छन्। उनले सोमबार दिउसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका हुन्।

मेडिकल माफियाको स्वार्थ अनुकूल न्यायालय चलेको आरोप लगाउँदै केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका छन्।

सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का तत्कालीन डिन डा. शशी शर्माको पुनरबहाली गर्न परमादेश दिएपछि डा. केसीले प्रधान न्यायाधीशविरुद्ध लड्ने घोषणा गरेका हुन्। उनले पाँच बुँदे माग अघि सारेका छन्।

विज्ञप्ति