images
images

पारश शाह पशुपतिनाथमा

काठमाडौं, माघ १७:- बुधबार अपरान्ह पूर्वयूवराज पारश शाह मन्दिर दर्शनमा निस्किए । उनी बुधबार दिँउसो पशुपतिनाथ र गुह्वेश्वरीको पूजा गर्न आफ्ना समर्थकसहित पुगेका थिए  । दिँउसो साढे ३ बजे गुह्वेश्वरी मन्दिर पुगेका उनले झन्डै १० मिनेट पूजा गरे । मन्दिरमा पुग्ने बित्तिकै बागमती किनारमा गएर सहयोगीले खोलाबाट अञ्जुलीमा ल्याएको पानी टाउकोमा लगाए अनि समर्थकहरुको फूलमाला लिँदै मन्दिरमा पूजा गर्न गएका थिए । विभिन्न ठाँउबाट आएका उनका समर्थकहरुले बाहिर राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।