images
images

वीरगन्ज भन्सार कार्यालय असफल

पर्सा, माघ १५:- देशकै प्रमुख नाका वीरगन्जमा रहेका वीरगन्ज भन्सार कार्यालय , लगातार तीन महिना देखि लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल भएको भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको कात्तिक देखि पुष सम्म तीन महिनाको अवधीमा वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा दुइ अर्ब ३१ करोड ६८ लाख ३६ हजार रुपैया कम राजश्व संकलन गरेको भन्सार वीरगंज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले बताए ।

चालु आर्थिक वर्षको गत तीन महिनाको अवधीमा लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको कारण बारे बताउँदै कार्यालय प्रमुख पोखरेलले बताए ।

चालु् आर्थिक वर्षको श्रावण देखी पुष महिनासम्म ६ महिनामा १ खर्ब ४९ अर्ब ८३ करोड २५ लाख ९७ हजार देशभरकै भन्सार नाकाबाट राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा १ खर्ब ४३ अर्ब ७४ लाख ७९ हजार मात्रै राजश्व संकलन भएको भन्सार विभागले जनाएको छ ।

तर देशका २५ प्रमुख भन्सार नाकामध्ये केही नाकामा मात्रै लक्ष्य अनुसारको राजश्व संकलन भएको र वीरगंज लगायतका नाकाबाट साना गाडी पैठारीमा कम भएको कारण असर परेको भन्छन् भन्सार विभागका प्रवक्ता शिव भण्डारीले बताए ।

वीरगन्जको सीमावर्ती शहर रक्सौलका स्थानीयले नेपालका सिमेन्ट उद्योगका लागि आयात गरिने क्लिन्करबाट उड्ने धु्लोले वातावरण प्रदुषित बनाएको भन्दै गत महिनाहरुमा पटक पटक पारवाहन सेवा अवरुद्ध गरेको तथा भारतीय रेल्वे बोर्डले रक्सौलको रेल्वे यार्डमा एक महिना यता क्लिीन्कर अनलोड गर्न नदिएकाले क्लिन्कर आयातमा कमी भएका कारण पनि त्यसको असर राजश्व संकलनमा परेको वीरगंज भन्सार कार्यालयका प्रखुम सेवन्तक पोखरेलले बताए ।

साथै माघको आधा महिना लागिसक्दा अहिलेसम्म लक्ष्य अनुसारको ४० प्रतिशत मात्रै राजश्व संकलन भएकोले लक्ष्य अनुसारको राजश्व संकलन गर्न मुश्किल नै हुने उनले बताए ।