मलेसियामा उत्पादित म्याक कफी नेपालमा आर्कस ग्र्रुपले विक्री गर्ने भएको छ । विश्वका ५० भन्दा बढी देशमा निर्यात हुँदै आएको कफीलाई नेपालमा आर्कस ग्रुपले आधिकारिक रुपमा बिक्री गर्ने भएको हो ।
मलेसियाको कफी उत्पादक कम्पनी फुड इमपायर होल्डिङको उत्पादन (कफी, साल्ट टी, क्लासिनो, कफी तथा न्युट्रीराइट) ब्राण्डका खाद्य सामग्रीहरु अर्कस गु्रपले नेपाली बजारमा विक्रीवितरण गर्दै आइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले जानकारी दिए ।
नेपालका लागि मलेसिययन राजदुतावासका कुटनीति प्रमुख एह्माड फाडिल इसमिइलले नेपाली बजार विस्तारका लागि प्रवद्र्धनात्मक कार्यक्रममको अवसरमा क्याक कफी गुणस्तरीय भएको बताए ।


जनता भ्वाइस 








