भक्तपुर माघ १४, पर्यटकहरूका लागि पर्यटकिय नगरी भक्तपुर प्रवेशमा निश्चित समयका लागी प्रवेश शुल्कमा छुट रहेको हो । बिगतमा समेत ब्यवस्थापन गर्न नसकेको यो बिषय भुकम्प पश्चात झनै जटिल बनेको स्थानीयहरु बताउँछ । पर्यटकहरूका लागि बिहान ६ बजे अघि र बेलुका ७:३० पछि नगर प्रवेशमा शुल्क लाग्दैन । अझ कुनै कुनै स्थानमा रहेको पर्यटक शुल्क काउन्टर बिहान नौबजे खुल्ने र ४ बजे बन्द गरिनाले उक्त समयको अघि र पछिसमेत सो मार्ग भएर आउने पर्यटकहरूले शुल्क तिर्नु पर्दैन ।
भक्तपुर सांस्कृतिक सम्पदाको धनी अनि विश्वसामु खुला विश्वविद्यालयका रुपमा स्थापित सहर हो । भक्तपुर आउने पर्यटकहरू यस सुन्दर नगरीमा घुमेर प्राचीन कला र संस्कृतिका अवलोकन गरी मज्जा लिने गर्दछन् । यसरी सम्पदा क्षेत्रमा प्रवेश गर्दा भक्तपुर नगरपालिकाले लिइँदै आएको शुल्क भने नौलो होइन । यो प्रवेश शुल्क नेपालमा त्यसमा पनि भक्तपुरमा मात्र भने लागू गरिएको होइन । विश्वका धेरै पुरातात्विक स्थानहरूको अवलोकन गर्दा पर्यटकहरूका लागि निश्चित शुल्क तिर्न पर्ने हुन्छ ।