images
images

दुर्घटनामा परि घाइते भइन् ‘साँइली’ : गेट वेल सुन

साँइली’ अर्थात् अभिनेत्री मेनुका प्रधान दुर्घटना परी घाइते भएकी छिन् । उनी चढेको स्कुटरले ठक्कर खाँदा मेनुकाको दायाँ खुट्टा भाँचिएको छ । अस्पतालाको बसाइपछि उनी अहिले घरमा आराम गरिरहेकी छन् ।

मेनुका दुर्घटनामा पर्दा प्रदर्शनको क्रममा रहेका दुई फिल्महरुको प्रचार प्रसार प्रभावित हुन गएको छ । फिल्म ‘शेरबहादुर’ र ‘साढे सात’को प्रचार प्रसारमा मेनुकाले साथ दिन पाइरहेकी छैनन् । यी दुई फिल्महरु क्रमशः माघ १९ गते र फागुन ११ गतेदेखि प्रदर्शनमा आउँदैछन् ।

मेनुकाले एक महिना बढी आराम गर्नु पर्ने डाक्टरले सल्लाह दिएका छन् । मेनुका दुर्घटनामा परेपछि फिल्म ‘साँइली’ को सुटिङ पनि पर सरेको छ । अब साइलीको छायाँकन फागुनको अन्त्यदेखि सुरु हुनेछ । मेनुकालाई शिघ्र स्वास्थ्य लाभको कामना !