images
images

एभरेष्ट बैंक दोस्रो त्रैमासमै विलिनियर्स क्लबमा, ग्लोबल आइएमर्इले नाफा ५%ले बढायो

काठमाडौं। एभरेष्ट बैंक दोस्रो त्रैमासमा नै विलिनियर्स क्लबमा उक्लिएको छ भने ग्लोबल आइएमर्इ यसको नजिकै पुगेको छ। एभरेष्ट बैंकले चालु आर्थिक वर्षमा गत वर्षको भन्दा १७ प्रतिशतले नाफा बढाउँदै विलिनियर्स क्लबमा उक्लिन सफल भएको हो। त्यस्तै ग्लोबल आइएमर्इ बैंकले ५ प्रतिशतले नाफा बढाएको छ।

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा गरेको छ। गत वर्षको यहि अवधिमा बैंकको मुनाफा ९७ करोड १५ लाख रुपैयाँ थियो।

बैंकले ६ महिनामा २ अर्ब ९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने गत वर्षको यहि अवधिमा यस्तो आम्दानी एक अर्ब ७६ करोड रुपैयाँ थियो।

बैंकले ६ महिनामा एक खर्ब तीन अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ७३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ९० अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ६१ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब १९ करोड रुपैयाँ जम्मा भएको छ। बैंकको पूँजी कोष अनुपात १५.६८ प्रतिशत रहेको छ भने खराब कर्जा ०.२५ प्रतिशत छ। बैंकको आधार व्याज दर ५.४८ प्रतिशतबाट बढेर ७.४८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ छ।

ग्लोबल आइएमर्इ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९५ करोड २९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ९० करोड ६२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

बैंकले चालु आर्थिक वर्षको ६ महिनामा खुद ब्याज आम्दानी एक अर्ब ७२ करोड रुपैयाँ छ भने गत वर्षको यहि अवधिमा एक अर्ब ६७ करोड रुपैयाँ थियो।
बैंकले चालु आर्थिक वर्षको ६ महिनामा एक खर्ब रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्षको यहि अवधिमा बैंकले ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकको चुक्ता पूँजी यहि अवधिको एक आर्थिक वर्षमा २४ प्रतिशतले बढाउदै ८ अर्ब ८८ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा ३ अर्ब ३६ करोड जम्मा भएको छ।

बैंकको पूँजी कोष अनुपात ११.४३ प्रतिशत छ भने खराब कर्जा १.६१ प्रतिशत छ। प्रतिशेयर आम्दानी २१ रुपैयाँ छ। बैंकको आधार व्याजदर ७.१४ प्रतिशतबाट १०.३१ प्रतिशत पुगेको छ।