जितपुर(कपिलवस्तु) १३ माघ ।
बैजलपुर जनकल्याण सामुदायिक बन बाणगंगा २ बैजलपुरको छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बाणगंगाको बैजलपुरमा रहेको आफनै सामुदायिक भवनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भावी योजनाका बिषयमा प्रतिवेदन बनका अध्यक्ष सत्यनारायण चौधरी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष रेम बहादुर रेश्मी तथा प्रगति प्रतिवेदन सचिव मधुकला भट्टराईले प्रस्तुत गरेका थिए ।
करिव २ सय बढि उपभोतmाको सहभागीता रहेको कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति तथा वडा नः २ अध्यक्ष बिष्णु पौडेलले सामुदायिक बनको संरक्षणमा जोड दिदै बनकै सहायताबाट गाउको बिकास गर्न सकिने बताएका थिए । साथै सो अवसरमा पुर्व सासद भागवत ज्ञवाली, पुर्व बनका अध्यक्ष बशंराज थारु लगायतको सहभागीता रहेकोे बनका कोषाध्यक्ष रेम बहादुर रेश्मी जानकारी दिए ।