इटहरी माघ १३,मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधिका लागी चिर परिचित थ्री स्टार क्लब र मनाङ मर्याङ्दी क्लव बिच शनिबार भएको फाईनल खेलमा मनाङलाई १-० अन्तरले हराउदै थ्री स्टार क्लव हराउँदै थ्री स्टारले उपाधि हात पारेको हो ।
पहिलो हाफको ३६ औं मिनेटमा थ्री स्टारका लागि जर्सी नं. १७ का बुद्ध चेम्जोङले गरेको गोल नै उपाधि जित्न पर्याप्त भयो । जितसँगै थ्री स्टार क्लवले १२ लाख रुपैयाँ पाएको छ भने उप बिजेता मनाङले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।