images
images

मनाङमा हिमपात जनजीवन कष्टकर

काठमाण्डौ माघ १०, मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ ।

हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् । उद्दारकालागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ ।

मनाङको चामेदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने मनाङ, भ्राका, टंकी लगायत गाउँका बस्तीमै हिउँ परेको स्थानीयले बताएका छन् । ‘चामेकै माथिल्लो क्षेत्रमा हिउँ परेको छ । बस्तीमा आएको छैन । बहिर निस्कनै नसक्ने गरी चिसो बढेको छ ।’तल्लो क्षेत्रको नासोङमा भने हिँउ नपरेको स्थानीयले बताएका छन् । बस्तीमा नपरेपनि माथिल्ला डाँडामा भने हिउँ परिरहेको स्थानीयको भनाइ छ ।