images
images

नेपाली काँग्रेसबाट राष्ट्रिय सभामा भाग लिने सोह्र उम्मेदवार (सूचीसहित)

काठमाण्डौ माघ ९, नेपाली कांग्रेसले आशन्न राष्ट्रियसभा निर्वाचनका लागि दुई वटा प्रदेशबाट उमेदवारहरुको टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले ४ र ७ नम्बर प्रदेशबाट राष्ट्रियसभाका उमेदवारहरुको टुंगो लगाएको हो ।

 

निर्वाचन आयोगले माघ २४ गतेका लागि निर्धारण गरेको राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गतेभित्रै उमेदवारी टुंगो लगाइसक्नु पर्ने कार्यतालिका निर्धारण गरेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि माघ २४ गते ५६ सिटका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा प्रत्येक प्रदेशबाट ८ जना राष्ट्रिय सभामा निर्वाचित हुनेछन् ।

उम्मेदवारहरुको नामावाली :-

प्रदेश नम्वर ४

सुरेन्द्रराज पाण्डेअन्य समूह

बृन्दा राना मगरमहिला,

जीतबहादुर नेपालीदलित

 प्रकाश पन्त, अपाङ्ग

प्रदेश नम्वर ५

दुर्गाप्रसाद उपाध्यायअन्य समूह

अनिता देवकोटामहिला

मैकुलाल बाल्मीकिदलित

लुटबहादुर खत्रीअपाङग्

प्रदेश नम्वर ६

विष्णुबहादुर शाहीखुला

सूर्यदेवी मल्लमहिला

सिताराम विकेदलित

गोपालप्रसाद शर्माअपाङ्ग

प्रदेश नम्वर ७

बद्री पाण्डेखुला

तारादेवी भट्टमहिला

शेरी राम पार्कीदलित

 छत्रराज जोशीअपाङ्ग