images
images

रोकिएन प्राधिकरण र सेजबीच जुहारी भैरहवा सब स्टेसन बनाउन प्राधिकरणलाई पत्र

विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)ले भैरहवा सेजको सब स्टेसन बनाउन प्राधिकरणसँगै सहयोग माग्दै आइतबार पत्र काटेको छ ।
आइतबारै नेपाल विद्युत् प्राधिकरणले चैतभित्र भैरहवा सेजसम्म लाइन विस्तार गरिसक्ने बताएपछि सेजभित्र सब स्टेसन बनाउन आग्रह गर्दै प्राधिकरणलाई पत्र काटेको हो ।

सेजसँग सब स्टेसन बनाउने प्राविधिक जनशक्ति नभएकाले प्राधिकरणसँग सहयोगका लागि पत्राचार गरिएकोे सेजका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले क्यापिटल नेपाललाई जानकारी दिए ।  उनका अनुसार आइतबार नै यस विषयमा प्राधिकरणलाई पत्र काटेका छौं । यसै विषयमा छलफल गर्न सोमबार उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, सेज र राष्ट्रिय योजनासँग बैठक पनि राखिएको छ ।
सेजभित्र निर्माण हुनुपर्ने ३३÷११ केभीए सब स्टेसन अहिलेसम्म बनेको छैन । यसका लागि प्राधिकरणसँग प्राविधिक सहयोग लिने भट्टले जानकारी दिए ।

प्राधिकरणले सेजसम्म पु¥याउने भनिएको प्रसारण लाइन आगामी चैतसम्म पु¥याउने बताएको छ । त्यस पनि सब स्टेसनको काम अघि बढ्ने भट्टको भनाइ छ ।  सरकारले विद्युत् उपलब्ध गराउन नसकेकै कारण सेजभित्र उद्योग स्थापना हुन सकेको छैन । सब स्टेशन निर्माण नहुँदा उद्योग खोल्न सम्झौता गरेका कम्पनीले विद्युत् नभएको भन्दै काम नै गरेका छैनन् । हाल १९ कम्पनीले सेजभित्र उद्योग खोल्न सम्झौता गरेका छन् ।

प्राधिकरणले सेजसम्म प्रसारण लाइन पु¥याएपश्चात् कम्तीमा ९ महिनाभित्र सब स्टेसन निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको सेजका कार्यकारी निर्देशक भट्टले बताए ।  विगत लामोसमयदेखि प्राधिकरण र सेजबीच विद्युत् प्रशारण लाइन बनाउने विषयमा बिबाद चल्दै आएको थियो । प्राधिकरणले गत पुसमै विद्युत् लाईन बनाइसक्ने बताए पनि भनेअनुसार काम नगरेकाले सेज सञ्चालनमा आउन सकेको छैन् ।

एकातिर उद्योगीलाई सेजभित्र आवश्यक ठाउँ उपलब्ध गराउने काम अघि बढे पनि विद्युत् अभावकै कारण उद्योगीले पूर्वाधार बनाउने काम अघि बढाएका छैनन् ।