images
images

सिंगापुरलाई हराउदै नेपालको रोमाञ्चक जित

२०७४ श्रावण ६ : आईसीसी यू–१९ विश्वकप छनौट क्रिकेट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आयोजक सिंगापुरलाई १६९ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले व्याटिङ रोजेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

टस जितेर पहिले व्याटिङ गरेको नेपालको सदा झै आज पनि व्याटिङ चल्न सकेन । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए । ८३ बलको सामना गरेका प्रदिपले २ चौका र २ छक्का प्रहार गरे ।त्यसैगरी सन्दिप सुनारले २६ रन र प्रकाश केसीले २३ रन बनाए ।

नेपालले सिंगापुरलाई दियो १६९ रनको लक्ष्य

जवाफमा आएको सिंगापुर टोलीलाई पनि त्यत्ति नै ओभरमा १ सय ४६ रनमा अलआउट गरी नेपालले रोमाञ्चक विजय हात पारेको हो ।
सन्दीप लामिछानेले ४ विकेट लिएपछि नेपालले यू–१९ विश्वकपमा पुग्ने झिनो आशालाई कायमै राखेको छ ।