images
images

कपिलवस्तुको गजेहडामा बम बिस्फोटन : ४ जना घाईते दुईको अवस्था गम्भिर

कपिलवस्तु : प्रदेश नं.५ अन्तर्गतमा पर्ने बाणगंगा नगरपालिका वडा नं.४ गजेहडामा अज्ञात समुहले बम बिस्फोटन गराएका छन बिस्फोटनमा ४ जना घाईते भई उपचारको लागी अस्पतालमा लगिएको छ । ४ जना घाईते मध्य २ को अवस्था सामान्य रहेता पनि पनि २ को अवस्था भनि अली गम्भिर रहेको प्रत्यक्ष दर्शीको भनाई छ ।

आज दोस्रो चरणको निर्वाचनको लागी यस क्षेत्रमा नेपाली काग्रेस र नेकपा माओबादी केन्द्रको संयुक्त प्यानलले   उम्मेदवारी मनोनयन दर्ता  कार्य चलिरहेको बेला अज्ञात समुहले सडक किनारमा बम बिस्फोटन गराएका थिए ।

बम बिस्फोटन कस्ले गराएको हो भन्ने हाल सम्म खुलेको छैन । घटना घटाउने अपरिचित ब्यक्तिहरुको हुलिका आधारमा अनुसन्धान कार्य थालिइएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।