२०७४ वैशाख ३१– इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स लिग चरणको समाप्तीमा शीर्ष स्थानमा रहने निश्चित भएको छ । यसका लागि मुम्बईले आइतबार राति कोलकाता नाइटराइडर्सलाई नौ रनले हरायो ।
यो हारले कोलकाता दोस्रो स्थानमा रहने सम्भावना भने अनिश्चित भएको छ । कोलकातामा भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।
त्यसमा अम्बाती रायडुल सर्वाधिक ६३ रन बनाए । जवाफमा कोलकाताले २० ओभरमा आठ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सक्यो । कोलकाताले नियमित अन्तरमा विकेट गुमायो र खेलका क्रममा दबाबमा रह्यो ।


जनता भ्वाइस 









