images
images

प्रहरी हिरासतमै झुण्डिएर आत्महत्या

२०७४ वैशाख २९– ईलाका प्रहरी कार्यालय भिंगृको थुनुवा कक्षको ट्‌वाइलेटमा झुण्डिएर एक युवाले आत्महत्या गरेका छन् ।

स्वर्गद्धारी नगरपालिका–५ सारीका २९ वर्षीय भूपेन्द्र गिरीले बिहीबार राति आत्महत्या गरका हुन् । घरायसी झगडाका कारण प्रहरीले उनलाई छलफल गर्न भनी बिहीबार बेलुका नियन्त्रणमा लिएको थियो  ।

ओड्न दिएको कपडा प्रयोग गरी ईलाका प्रहरी कार्यालय भिंगृको थुनुवा कक्षको एट्याच ट्वाइलेटमा झुण्डिएर आत्महत्या गरेको अवस्थमा फेला परेको जिल्ला प्रहरी प्यूठानका प्रमुख डिएसपी रञ्जीतसिंह राठौरले बताए । उनकाअनुसार ट्‌वाइलेटमा गएको लामो समयसम्म नआएपछि ड्युटीमा रहेका प्रहरीले हेर्दा झुण्डिएको अवस्थामा फेला परेका हुन् । गिरीकी श्रीमतीले कुटपीट गरेको भनी प्रहरीलाई खबर गरेको बुझिएको छ ।

शुक्रबार बिहान प्रहरी कर्यालयमा छलफल गर्न भनी प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । शौचालय गर्न गएका उनी केही समय ढिलो गरेपछि हेर्दा झुण्डिएको अवस्थामा फेला परेको उनले बताए । सिलिंगमा रहेको फलामको डण्डीमा कम्मल र तन्नाको डोरी बनाइ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना कसरी भयो भन्ने विषयमा  अहिले बिहान स्थानीयसँग छलफल भइरहेको राठौरले बताए । स्थानीयले प्रहरी कार्यालयमै घटना हुनु प्रहरीको कमजोरी भएको गुनासो गरेका छन् ।