images
images

‘सिरियामा सुरक्षित क्षेत्रबारेको सहमति लागू’

वार्तातस्वीर कपीराइट

२०७४ वैशाख २३ – रुसले ६ वर्षदेखि जारी युद्ध रोक्ने प्रयासस्वरुप आफ्नो मध्यस्थतामा सिरियामा द्वन्द्वरहित क्षेत्र घोषणा गर्ने सहमति कार्यान्वयनमा आएको जनाएको छ।

यद्यपि विद्रोही नियन्त्रित हामा क्षेत्र र देशका अरु भूभागमा पनि हवाई आक्रमण, घेराबन्दी र गोली हानाहान भएको विवरण प्राप्त भएका छन्।

रुस, टर्की र इरानले बिहीबार हस्ताक्षर गरेको सहमति अनुसार सिरियाका चारवटा क्षेत्रमा सरकार विद्रोही पक्षले ६ महिनाका लागि लडाइँ रोक्नुपर्छ।

विद्रोही नियन्त्रित इद्लिब प्रान्त, मध्य होम्स क्षेत्र, दमास्कसको शहरी उपक्षेत्र र दक्षिणी सिरियालाई सहमतिमा समेटिएको छ।

अस्वीकार

तर सहमतिमा इरानको संलग्नता भएको भन्दै विपक्षीले त्यसलाई अस्वीकार गरेको छ।

शुक्रबार सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत स्टाफान द मिस्टूराले सफल बनाउन सक्ने तीनवटा मुलुकले सहमति कार्यान्वयन गर्न लागेकाले सहमति महत्वपूर्ण भएको बीबीसीलाई बताएका थिए।

तथाकथित इस्लामिक स्टेट समूह र अल-कायदाविरुद्धको कारबाहीको हकमा पछिल्लो सहमति लागू नहुने बताइएको छ।

मस्कोले पछिल्लो सहमतिप्रति अमेरिका, संयुक्त राष्ट्रसंघ र साउदी अरेबियाको पनि समर्थन रहेको बताएको छ।

काजकास्तानमा बिहीबार भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको थियो ।