images
images

उपेन्द्र यादवलाई हटाइयो, महन्थ भए नयाँ संयोजक

संघीय गठबन्धनबाट उपेन्द्र यादव आउट

२०७४ वैशाख २३ – २९ दल सम्मिलित संघीय गठबन्धनले स्थानीय निर्वाचनमा सहभागी भएको भन्दै संयोजक उपेन्द्र यादवलाई निष्काशन गरेका छन् ।

राष्ट्रिय जनता पार्टी, नेपालको विजुलीबजारस्थित कार्यालयमा बसेको बैठकले संविधान संशोधन नभई स्थानीय चुनावमा भाग लिएको भन्दै कारबाही गरेको हो । बैठकले नयाँ संयोजकमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई चयन गरेको छ ।

‘संघीय गठबन्धनको निर्णय, मूल्य मान्यता, सिद्धान्त विपरीत संघीय गठबन्धनका तत्कालिन संयोजक उपेन्द्र यादवज्यूले मधेसी–थारु, आदिवासी जनजाति, शिल्पी (दलित), मुस्लिम, उत्पीडित लगायतका समूदायको मुद्धाहरु बिसर्जन गर्दै आत्म समर्पणको कित्तामा गई, संविधान संशोधन बिना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा भएको हुँदा संघीय गठबन्धनबाट संयोजक समेतको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ,’ नवनियुक्त संयोजक महन्थ ठाकुरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बैठकले गठबन्धनले अघि सारेको मुद्धाहरु बमोजिम संविधान संशोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिएको छ ।