images
images

कपिलबस्तुमा २५६१ औं बुद्ध जयन्ती भब्य रुपमा मनाउनका लागी अन्र्तक्रिया

यस वर्ष २५६१ औँ बुद्धजयन्ती मनाउनका लागि कपिलबस्तुमा लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा ९ सदस्यीय बुद्धजयन्ती समारोह समिति गठन गरिएको छ । समिति अन्तर्गत प्रचारप्रसार, समारोह प्रबन्ध तथा विहार शङ्गार, धर्मदेशना, अस्थिधातु प्रदर्शन, जलपान व्यवस्था, स्वयंसेवक परिचालन र मिडिया परिचालन सञ्चालन उपसमिति गठन गरिएको छ ।

शाक्यमुनि गौतम बुद्धको जन्म, सम्बोधिलाभ (ज्ञान प्राप्त) तथा महापरिनिर्वाण (निधन) प्राप्त भएको दिनका रुपमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउने गर्छन् ।  तौलिहवा स्थित होटल तिलौराकोटमा २५६१ औं बुद्ध जयन्ती भब्य रुपमा सफलतापुर्वक आयोजना गर्न आयोजित अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले जिल्लाका बुद्धसंग संबन्धित स्थलहरुको बृह्तर बिकासका लागी कपिलबस्तु कोषको स्थापना गरिनुपर्नेमा जोड दिनुभएको छ ।

जिल्लाका सात वटै साइटमा सरसफाई गर्ने, २६ र २७ गते उक्त साइटहरुमा दिपप्रजवलन गर्ने, अस्पतालका बिरामीहरुलाई फलफलु बितरण गर्ने, अनाथ बच्चाहरुलाई खाद्यान्न बितरण गरिने, नगरभित्रका ऐतिहासिक र पुरातात्विक क्षेत्रहरुको संरक्षण तथा संबद्धनका लागी मिडियासंग अन्र्तक्रिया गरिने, बेबीबुद्धलाई कपिलबस्तुमा भब्यरुपमा भित्राउने निर्णय समितीले गरेको छ  भने बुद्धजयन्तीलाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय तहमा प्रवर्द्धन गर्नका लागि बिभिन्न सरोकारवाला ब्यक्तिहरुसंग अन्र्तक्रिया गरिनेसमारोह समितिका संयोजक राजेश ज्ञवालीले बताउनुभयो ।