images
images

प्रधानमन्त्रीले किन बोलाए अचानक सर्वदलीय बैठक ?

काठमाडौंः संविधान संसोधनको सकसमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा प्रतिनिनिधित्व गर्ने सबै राजनीतिक दलहरुसंग छलफल गर्ने भएका छन् । छलफलका लागि प्रधानमन्त्री दाहालले दिउसो तीन बजेका लागि सर्वदलिय बैठक बोलाएका छन् ।

बालुवाटारमा बस्ने बैठकमा नजिकिदो निर्वाचन, संविधान संसोधान लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन बैठक डाकिएको उनले बताए ।

बैठकमा सत्तारूढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत संसदमा प्रतिनिधित्व गर्ने सबै दलललाई आमन्त्रण गरिएको जनाइएको छ ।