images
images

एमालेको संसद अवरोध पश्चात मन्त्रिपरिषदको बैठक सिंहदरवारमा

२०७४ वैशाख १३ – संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल एमालेले व्यवस्थापिका संसदमा अवरोध खडा गरेपछि त्यसलाई कसरी अगाडि बढाउने भन्ने वारेमा छलफल गर्न मन्त्रिपरिषदको बैठक सिंहदरवारमा शुरु भएको छ ।
बैशाख ३१ र जेठ ३१ गते स्थानीय तहको निर्वाचन गराउने मिति घोषणा गरेको सरकारले आन्दोलनरत मधेशकेन्द्रित दललाई निर्वाचनमा सहभागी गराउन संविधान संशोधन गराउनु पर्ने चुनौती सरकार समक्ष रहेको छ ।
जेठ १५ गते बजेट ल्याउनु पर्ने संम्बैधानिक व्यवस्थाका बारेमा पनि मन्त्रिपरिषदमा छलफल हुनेछ । बजेट ल्याउने मिति सार्नका लागि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउनु पर्नेछ ।