images
images

एफए कप फुटबल उपाधिका लागि आर्सनल र चेल्सी भिड्ने

२०७४ वैशाख ११ – एफए कप फुटबलको उपाधिका लागि आर्सनल र चेल्सी भिड्ने भएका छन्। गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई २-१ ले पराजित गर्दै आर्सनलले एफए कप फुटबलको उपाधिका लागि चेल्सीसँगको भेट पक्का गरेको हो।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा आर्सनलले गोल गर्दै फाइनलमा पुगेको हो। खेलको ६२ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै म्यानचेस्टर सिटीलाई सुरुवाती अग्रता दिलाए। तर, ७१ औं मिनेटमा आर्सनलका लागि नाचो मोनरियलले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए।

९० मिनेटसम्म १-१ को बराबरी भएपछि अतिरिक्त समयमा धकलिएको थियो। खेलमा पहलो हाफको १०१ औं मिनेटमा एलेक्स सान्चेजले गोल गर्दै आर्सनललाई फाइनलमा पुर्‍याएका हुन्।