images
images

बयानका लागी डीआईजी नवराज सिलवाललाई अपराध अनुसन्धान निर्देशानालयमा राखियो

काठमाडौंः नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल पक्राउ परेका छन् ।  सिलवाललाई छानबिन टोलीसहित प्रहरीले वरिष्ठ अधिवक्ता शम्भु थापाकोे घरमा कानुनी परामर्शका लागि छलफल गरिरहेको अवस्थामा  पक्राउ गरेको हो ।

सिलवालले कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेको आशंकामा उनीमाथि छानविन भइरहेको छ । तर छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् । त्यस्तै केही दिनअघि आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।

 प्रहरी हेडक्वाटरका प्रवक्ता सर्वेन्द्र खनालले पक्राउ गरेको नभई बयानका लागि बोलाएको बताउनुभयो । ‘ पक्राउ गरिएको होइन, सोधपुछका लागि बोलाइएको हो’ उहाँले भन्नुभयो । प्रहरीले सिलवाललाई अपराध अनुसन्धान निर्देशानालयमा राखेर बयान लिइरहेको छ ।