images
images

पूर्व अधिराजकुमारी प्रेरणा नर्भिक इन्टरनेशनल हस्पिटलबाट आज डिस्चार्ज

२०७४ वैशाख १० – पुर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंह स्वास्थ्यलाभ गरी घरी फर्कनुभएको छ । सेरिब्रल भेनस साइनस् थ्रम्बोसिस भनिने मष्तिष्कसम्बन्धी समस्याका कारण चैत २७ गते नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना हुनुभएकी प्रेरणा आइतबार स्वास्थ्य लाभ गरी घर फर्कनुभएको हो ।

नर्भिक इन्टरनेशनल हस्पिटलले प्रेस विज्ञप्ति जारी गरी बिना सहायता हिँड्डुल गर्न सक्ने भएको हुँदा प्रेरणालाई आइतबार डिस्चार्ज गरिएको उल्लेख छ । उक्त प्रेस विज्ञप्तिमा प्रेरणाले उपचारका क्रममा संलग्न नर्भिक हस्पिटलका चिकित्सक, कर्मचारी, व्यवस्थापन एवं सरोकारवाला सबैप्रति आभार व्यक्त गर्नुभएकोसमेत उल्लेख छ । शीघ्र स्वास्थ्यलाभको कामना गरी आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने तथा अन्य सबै शुभेच्छुकहरुलाई समेत प्रेरणाले धन्यवाद दिनु भएको छ ।

प्रेरणाको उपचारमा नर्भिकको स्नायूरोग विशेषज्ञ डा. पंकज जलान तथा पुर्व अधिराजकुमारीका पारिवारिक चिकित्सक डा. किशोरजंग राणा संलग्न हुनुहुन्थ्यो ।