images
images

लिटिल स्टार २०१७ को उपाधि रिमिक्षा, सम्पदा र सान्द्रालाई

२०७४ वैशाख १० – एनोवेसन इभेन्ट म्यानेजमेन्टको आयोजनामा राजधानीमा सम्पन्न ‘लिटिल स्टार २०१७’ को उपाधि रिमिक्षा रेग्मी, सम्पदा सत्याल र सान्द्रा बुढाथोकीले जितेका छन् । कोलम्बस स्कुलकी रिमिक्षाले स्मल, काठमाडौं विद्याकुञ्जकी सम्पदाले मिडिल र रुपिज स्कुलकी सान्द्राले बिगतर्फको उपाधि जितेका हुन् । तीनैजना विजेतालाई जनही १० हजार रुपैयाँ पुरस्का प्रदान गरिएको छ ।

प्रतियोगितामा स्मल ग्रुपतर्फ रुद्राक्ष झा र जेबी पाण्डे क्रमशः फस्ट र सेकेन्ड रनरअप एवं मिडिल ग्रुपतर्फ सम्पूर्ण रेग्मी र सृजित श्रेष्ठ पनि फस्ट र सेकेन्ड रनरअप घोषित भए । त्यसैगरी बिग ग्रुपतर्फ एस्वे श्री गिरी र लिसा डंगोल क्रमशः फस्ट र सेकेन्ड रनरअप बनेका हुन् । ७२ बालबालिकाले भाग लिएको प्रतियोगितामा संगीता राना प्रधान, कमल राई, निलडेभिड कटुवाल, सुरज चिलवाल, ज्योत्सना योगी, अस्मिता लामिछाने, आकांक्षा भट्टराई, दीपक घिमिरे, अनुप सक्सेना, नाक्स बस्नेत निर्णायकका रूपमा थिए ।