
२०७४ वैशाख १० – टोटनह्यामलाई हराउँदै चेल्सी एफए कप फुटबलको उपाधि नजिक पुगेको छ।गएराति घरेलु मैदानमा भएको सेमिफाइनल खेलमा चेल्सीले टोटनहामलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको पाँचौं मिनेटमै विलयनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए।
१८ औं मिनेटमा ह्यारी केनले टोटनह्यामका लागि बराबरी गोल फर्काए। तर, ४३ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै विलियनले फेरि चेल्सीलाई अग्रता दिलाए। पहिलो हाफमा चेल्सीले २-१ को अग्रता लिएको थियो।
खेलको ५२ औं मिनेटमा टोटनहामका लागि डेल अलीले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याएका थिए।
वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका इडन हाजार्डल खेलको ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसपछि ८० औं मिनेटमा म्याटिकले गोल टोलीका लागि चौथो गोल गरेपछि चेल्सी टोटनह्याममाथि ४-२ गोल अन्तरको जित निकाल्न सफल भयो।
उपाधिका लागि चेल्सीले अब आर्सनल र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ। एफए कफ फुटबलको फाइनल प्रवेशका लागि आर्सनल र म्यानचेस्टर सिटीबीच आज राति प्रतिस्पर्धा हुनेछ।


जनता भ्वाइस 








