images
images

मुम्बईद्धारा दिल्ली डेयरडेभिल्स १४ रनले पराजित

आइपिएल

२०७४ वैशाख १० – मुम्बई इन्डियन्सले १ सय ४२ रनको कम योगफलमा पनि दिल्ली डेयरडेभिल्सलाई १४ रनले पराजित गरेको छ। केही समयअगाडि आफ्नो घरेलु मैदानमा सम्पन्न खेलमा कागिसो राबाडा र क्रिस मोरिसको ९१ रनको साझेदारीलाई जसप्रित बुमराले १८ दशमलव ४ ओभरमा तोडेपछि मुम्बईले २०११ देखि आइपिएलमा दिल्लीलाई आफ्नो घरमा हराउदै आएको कीर्तिमानलाई निरन्तरता दियो। मुम्बईको ७ खेलमा ६ जित हो।

ब्याटिङ पावर प्लेमा २३ रन मात्र जोडेर ५ विकेट गुमाइसकेको अवस्थामा सातौ विकेटका लागि पहिलो पल्ट आइपिएल खेलिरहेका दक्षिण अफ्रिकी बलर राबाडा र मोरिसले १२ ओभर भित्र उत्कृष्ट साझेदारी गरेका थिए। राबाडा १ छक्का र ४ चौकाको सहयोगले ३९ बलमा ४४ रन बनाउदै बुमराको बलमा बोल्ड भए।

मोरिसले ४१ बलमा १ छक्का र ५ चौकाको सहयोगले ५२ रन बनाउदै अविजित रहे। दिल्लीले ७ विकेटको क्षतिमा १ सय २८ रन मात्र बनायो। यसअघि मिचेल म्याकलेङ्घनले दुई ओभरमा दिल्लीका ३ ब्याट्सम्यान सञ्जु सामसन (९), श्रेयष एैयर (६) र कोरे एन्डर्सन (०) लाई पवेलियनको बाटो देखाएपछि दिल्लीको दशा सुरु भएको थियो। प्रारम्भिक ब्याट्सम्यान आदित्य तारे पहिलो बलमै हार्दिक पाण्ड्याको सिधा थ्रोमा रन आउट हुनु पनि दिल्लीका लागि दूर्भाग्य रहयो। दिल्लीले २४ रनमा ६ विकेट गुमाएको थियो। करण नायर ५ र ऋषभ पन्त पनि शुन्यमा आउट भए। जसप्रित बुमराले २ विकेट लिए। हार्दिक पाण्ड्याको नाममा १ विकेट रहयो। दशौं आइपिएलको पहिलो खेल खेल्न उत्रिएका अस्ट्रेलियाका तीब्र बलर मिचेल जोन्सनले कुनै विकेट लिएनन्। तर, उनले १ मेडन राख्दै २३ रन मात्र खर्चे।

यसअघि टस जितेर मुम्बईलाई ब्याटिङको निम्तो दिएको दिल्लीले अनुशाषित बलिङ गर्यो। उसले मुम्बईलाई उसैको घरमा ८ विकेटको क्षतिमा १ सय ४२ रनमा रोकेको थियो।

अमित मिश्रा, प्याट कुमिन्स र कागिसो राबाडाको अनुशाषित बलिङ गरेका थिए। मुम्बईका लागि जस बटलरले २ छक्का र ३ चौका लगाएर १८ बलमा २८ रन बनाएका थिए। यो सिजनको आइपिलमा सर्वाधिक रन बनाएका राणा ८ रनमा आउट भए। कप्तान रोहित शर्मा पनि ५ रनमा आउट भएका थिए। पाण्ड्या दाजु भाई क्रुनाल (१७) र हार्दिक (२४) ले तल्लो क्रममा राम्रो ब्याटिङ गरेका थिए। किरोन पोलार्ड पनि २६ रनमा आउट भए। मिश्राले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिएका थिए भने कुमिन्सले २० रन खर्चेर २ तथा राबाडाले १ विकेट लिए। खेलको म्यान अफ दि म्याच म्याकलेङ्घनलाई घोषित गरियो।