images
images

विराटनगर किंग्सलाई उराउदै टिम चौराहले उचाल्यो धनगढी प्रिमियर लिगको उपाधि

 २०७४ वैशाख ९,– सगरमाथा धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको उपाधि टिम चौराह धनगढीले जितेको छ । शनिबार टिम चौराह र विराटनगर किंग्सबीच भएको खेलमा विराटनगर विरुद्ध ६२ रनको जित निकाल्दै चौराहले उपाधि जितेको हो ।

एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा भएको फाइनलमा टस जितेर व्याटिङमा आएको चौराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

जवाफी व्याटिङमा आएको विराटनगर किंग्सले १८.१ बलमा अल आउट हुँदै ९७ रन बनायो ।

टिम चौराहले ट्रफीसँगै १५ लाख रुपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेताले ७ लाख रुपैयाँ नगद प्राप्त गरेको छ ।

१२ ओभरसम्म संघर्ष गरेको टिम चौराहका खेलाडीको व्याट त्यसपछि खुलेको थियो । आरिफ शेखले ५४ रन बनाए र उनले अमरसिंह रौटेलसँग ४ ओभरमा ६३ रन जोडेका थिए । आरिफले ३० बल खेली ४ चौका र ४ छक्का प्रहार गरे । राउटेलाले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरी नट आउट ३१ रन बनाए ।

सौरभ खनाल ५ बलमा १ छक्का र १ चौका प्रहार गरी १४ रनमा नट रहे ।

विराटनगरबाट सुशील कँडेलले २ विकेट लिँदै  प्रतियोगितामा आफ्नो विकेट संख्या १७ पुर्‍याए । उनले प्रतियोगितामा सर्वाधिक विकेट लिएका हुन् ।

विराटनगरबाट प्रनित थापाले २७ र अमित श्रेष्ठले २६ तथा अनिल साह र दीपन्द्रसिंह ऐरीले १३/१३ रन बनाए । खेलको कुनै पनि समय विराटनगर किंग्स लक्ष्य तर्फ देखिएन ।

टिम चौराहका सुशन भारीले ३ विकेट लिए भने आरिफ र सौरभ खनालले २/२ विकेट लिए ।

खेलको म्यान अफ दि म्याच आरिफ शेख भए ।

सगरमाथा धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा टिम चौराह धनगढीले विराटनगर किंग्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ । एसएसपी क्रिकेट मैदान धनगढीमा टस जितेर व्याटिङ गरेको टिम चौराह धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।