
२०७४ वैशाख ८ – च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको ड्र सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक ड्र अनुसार फाइनल प्रवेशका लािग साविक विजेता रियल मड्रिडले एथ्लेटिको मड्रिडको सामना गर्नेछ।
यी दुई टोली अघिल्लो संस्करणको फाइनलमा उपाधिका लागि भिडेका थिए, जसमा रियल मड्रिडले बाजी मारेको थियो। एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई युरोपियन कप र च्याम्पियन्स लिगमा एक पटकमात्रै हराउन सकेकाे छ।
रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा खेलेका चार खेलमध्ये दुर्इमा जित र दुर्इ खेलमा बराबरी खेलेकाे छ। अघिल्लाे पटक एथ्लेटिकाे मड्रिडलार्इ पेनाल्टी सुटअाउटमा हराउँदै रियल मड्रिडले उपाधि उचालेकाे थियाे।
ड्र अनुसार अर्को सेमिफाइनल खेलमा युभेन्ट्सले मोनाकोको सामना गर्नेछ। सेमिफाइनलको पहिलो लेग मे २ र ३ तारिखमा हुनेछ।


जनता भ्वाइस 








