images
images

बिहिबार देखी थ्री जि सेवा संचालनमा ल्याएसंगै राराबाट प्रत्यक्ष भिडियो कुराकानी

२०७४ बैशाख ८ – लामो समयदेखि संचारसेवाबाट टाढा रहेको नेपालकै प्रमुख पर्यटकीय स्थल रारामा विहिवारबाट नेपाल टेलिकमले थ्री जि सेवा संचालनमा ल्याएसंँगै सुचना र संचारमा रारा आउने आन्तरिक तथा बाईय पर्यटकहरुलाई सहज भएको हो ।

गत बर्ष नै रारामा ईन्टरनेट सेवा संचालन गर्ने लक्ष्य नेपाल टेलिकमले लिएपनि रारा राष्टिय निकुन्जले स्विकृती दिन आनाकानी गर्दा मन्त्रीपरिषदको निर्णय विभाग हुँदै जिल्लासम्म आई पुग्दा एक बर्ष पछि सेवा दिन सफल भएको नेपाल टेलिकम मुगु शाखाका प्राविधिक एवं सुचना अधिकारी कृष्णप्रसाद कोईराला बताउनु हुन्छ ।

मुगु जिल्ला २०६९ सालदेखि राष्टिय सडक संजालमा जोडिएपछि र २०७२ मा मुगु स्थित रारा विमानस्थल कालपत्रे भएसंगै रारा हेर्न आउने पर्यटकहरुको संख्या निकै नै बढदै गएको छ । मुख्य गरि आन्तरिक पर्यटकहरुको भिड लाग्न थालेपनि रारामा फोन तथा ईन्टरनेट सुविधा नहदा पर्यटकहरु आफन्त तथा परिवारजनबाट संचारविहिन भएर बस्न वाध्य थिए  ।

नेपाल टेलिकमले सदरमुकाम गमगढी नजिक थार्प डाडामा रहेको रेडियो लिंकमा रारामा राखेको जिएसएम नेटवर्कको टावरका लिंक गराएर थ्री जि ईन्टरनेट सेवा दिएको हो । थ्री जि सेवाले रारा आसपासका साथै मुर्माटप, माथिल्लो मिली,लामाचौर र रारा विमान स्थलमा माथिल्लो भागसम्म काम गर्ने बताईएको छ ।

नेपाल पर्यटन बोर्डको तत्थ्याक अनुसार गत कार्तिकबाट चैत मसान्तसम्म रारा घुम्न ५० हजारभन्दा बढी आन्तरिक  पर्यटक रारा पुगेका थिए ।