images
images

अरुण नदी थुनिएपछि उदयपुरमा सतर्कता

२०७४ बैंशाख ८ – बरुण नदिको लेदोले अरुण नदी थुनिएर ताल बनेपछि बढेको उच्च जोखिमलाई दृष्टिगत गर्दै उदयपुरको सप्तकोशी क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले निर्देशन दिएको छ ।
दिउसो जिल्ला स्थित सुरक्षा निकायमा प्रमूखहरु, राजनीतिक दल, नागरिक समाज, पत्रकार र विपद सम्बन्धी संघसंस्था सम्मिलित जिल्ला दैविप्रकोप उद्धार समितिको बैंठक राखी प्रशासनले यस्तो निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

जिल्ला प्रहरी प्रमूख एसपी नरबहादुर केसीका अनुसार प्रशासनको निर्देशन बमोजिम सप्तकोशीबाट उच्च जोखिममा रहेका उदयपुरको साउने, खाँबु, चौदण्डीगडी, मैनामैनी, रामपुरठोक्शीला र बबला भागलपुर क्षेत्रमाहरुमा चरिचरण, माछा मार्ने काम बन्द गराईएको छ । त्यस्तै निर्माणका कामहरु र ढुंगा सन्चालनलाई स्थगित गरिएको छ । प्रहरीले माईकिङ नै गरेर बासिन्दालाई सतर्क गराईरहेको उहाँले बताउनुभयो ।
सप्तकोशीमा ह्वात्तै बाढी आउने सक्ने अवस्थाप्रति विशेष चनाखो हुदै भाग्नका लागि सतर्क रहन कोशी किनारका बजार, पसल र बस्तिलाई निर्देशन गरिएको छ ।

प््राशासनको निर्देशनपछि उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनै सुरक्षा निकाय र उद्धार सम्बन्धी संघसंस्था र स्थानीयलाई समेत तयारी अवस्थामा राखिएको छ । रेडक्रस सोसाईटी उदयपुरले सम्भावित क्षतीलाई आकलन गर्दै राहत सामग्री तयारी गरेको छ ।

संखुवासभा प्रशासनले उदयपुरलाई सतर्कता अपनाउनका लागि पत्र नै पठाएको छ ।