२०७४ वैशाख ७– करेन्ट लागेर सप्तरीमा दुईजनाको मृत्यु भएको छ । कृष्णसवरण गाउँपालिका १ ग्रिल पसलमा काम गर्ने क्रममा बिजुली सर्ट भइ करेन्ट लाग्दा २८ वर्षीय जिक्रिल मियाँको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, सप्तरीकै बनौली ३ मा कपडा सुकाउने क्रममा बिजुलीको तार छुँदा करेन्ट लागेर ६५ वर्षीय सुजिलाल साहको मृत्यु भएको छ ।