images
images

बाबुबाटै छोरी बलात्कृत !

२०७४ वैशाख ६- कक्षा आठमा अध्ययनरत १४ बर्षकी आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा फाल्गुनन्द गाउँपालीकाका ४२ बर्षका एक व्यक्तिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।

विगत ६ महिनादेखि आफ्नै साहिली छोरीलाई घरमै बलात्कार गर्दै आएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्तिकी श्रीमती वैदेसिक रोजगारीको क्रममा दुवैमा छिन्।

पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलका अनुसार पछिल्लो पटक गत शनिबार साँझ मदिरा सेवान गरी घरमा गएर छोरीलाई बलात्कार गरेपछि घटना सार्वजनिक भएको हो। बुवाबाटै पटक पटक बलात्कारको सिकार भएपछि बलात्कृत छोरीले कान्छी बहिनीलाई शनिबार साँझ सुनाएकी थिइन्।

बुवाबटै दिदी बलात्कृत भएको थाहा पाएपछि कान्छी छोरीले शानिबार रातिनै विवाह गरेर गएकी जेठी दिदीलाई सुनाएपछि घटना सार्वजनिक भएको हो। ‘कान्छी छोरीले मामा र बिवाह गरेर गएका दिदीहरु र आफन्तलाई सुनाएपछि घटना सर्वाजनिक भएको हो,’ पोखरेलले भन्नुभयो, ‘घटना सार्वजनिक भएपछि आफन्तले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ।’

बलात्कृत बालिकाले विगत छ महिनादेखि मदिरा सेवन गरी बुवाले आफूलाई बलात्कार गर्दै आएको प्रहरीलाई बताइकी छिन्। मदिराले लठ्ठ भएर घर आएपछि बुवाको इच्छा पुरा हुन नदिदा कुटपिट गर्दै आफुलाई बलात्कार गर्ने गरेको ती बालिकाले प्रहरीलाई बताएकी हुन्। बालात्कृत बालिकाको शरीरमा निल डाम र चोटपटक पनि देखिएको प्रहरीको भनाइ छ।

घटना सर्वाजनिक भए लगतै प्रहरीले ति व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। अनुसन्धानबाट दोषी ठहरिए जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धी मुद्धा चलाइने प्रहरीको भनाइ छ। बुवाबाटै बलात्कारको सिकार भएकी बालीकाको स्वास्थ्य परीक्षण गरी घर पठाइएको छ। अहिले उनी आफ्नै हजुरबा हजुरआमका साथमा बस्दै आएकी छिन्।

ती बालिकाको परिवारमा दुई दिदी र एक बहिनी छन्। दुई दिदीहरु विवाह गरेका गएका र आमा विदेशमा भएकाले बुवासँग दिदीबहिनी घरमा बस्दै आएका थिए। बुवाबाटै छोरी बलात्कारको सिकार भएपछि दुई बालीकाहरु विचल्लीमा परेका छन्।