२०७४ वैशाख ६ – रातो मच्छिन्द्रनाथको रथ यात्रा वैशाख १७ गते पुलचोकबाट सुरु हुने भएको छ । ललितपुरको बौलाँछेमा रथको पाङ्ग्रा बनिरहेको छ भने पुल्चोकमा रथको माथिल्लो भाग बनाउने कार्य भइ रहेको छ ।
गुठी संस्थान ललितपुर शाखा प्रमुख वैकुण्ठ आचार्यका अनुसार सोमवार पाङ्ग्रामा दश कर्म पूजा गरिएको छ । पुलचोकबाट सुन्धारा हुँदै लगनखेलर्फ रथ यात्रा गरेर जावलाखेल ल्याएपछिको चौथो दिनमा भोटो देखाउने दिन निर्धारण हुने भएकोले जावलाखेलमा रथ नआइपुगुन्जेल भोटो देखाउने दिन बताउन सकिन्न ।
वर्षा र सहकालका देवताका रुपमा रातो मच्छिन्द्रनाथलाई मान्ने गरिन्छ ।