images
images

दुई गाउँपालिका नगरपालिकामा बढुवा

 

सिरहाको सुखिपुर र सप्तरीको सप्तकोशीलाई गाँउपालिकाबाट नगरपालिकामा बढुवाअब ४७९ गाउँपालिका, २४८ नगरपालिका, १३ उपमहानगरपालिका र ४ महानगरपालिका

२०७४ वैशाख ५– स्थानीय तह पुनर्संरचनामा केही सच्याउँदै सरकारले दुई गाउँपालिकालाई बढाएर नगरपालिका बनाएको छ । सिरहाको सुखिपुर र सप्तरीको सप्तकोशीलाई गाँउपालिकाबाट नगरपालिकामा बढुवा गरिएको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्तावलाई चैत ३ मा बसेको मन्त्रीपरिषद् बैंठकले पारित गर्दै थप दुई नगरपालिका थपेको हो । अब नगरपालिका संख्या २ सय ४८ पुगेको छ भने गाउँपालिका ४ सय ७९ मा झरेको छ । उपमहानगरपालिका १३ र महानगरपालिका ४ यथावत छन् ।

पूर्व सचिव बालानन्द पौडेलको नेतृत्वमा बनेको स्थानीय तह पुनर्संरचना आयोगको टोलीले भने ४ सय ८१ गाउँपालिका र २ सय ४८ नगरपालिकाको सिफारिस गरेको थियो ।

मन्त्रालयका संघीय मामिला महाशाखाका प्रमुख डा. हरि पौडेलका अनुसार ती दुवै गाउँपालिका पहिले नगरपालिका थिए । ‘पहिलेको नगरपालिकालाई फेरि नगरपालिका बनाइएको हो,’ उनले भने ।
पुनर्संरचना गर्दा पहिलको आफ्नो नगरपालिकालाई गाउँपालिकामा झारेको भन्दै स्थानीय नेता र जनताहरू मिलेर आमरण अनसन बसेरै दबाबपछि सरकारले फेरि नगरपालिकामा बढुवा गरेको हो ।