images
images

कटुवा पेस्तोल सहित सप्तरीमा २ जना पक्राउ

२०७४ बैशाख ५ – घरमा सुतीरहेका व्यक्तिलाई कटुवा पेस्तोल देखाई घरबाट लैजाने खडक नगरपालिका–७ बस्ने २१ बर्षीय सैयोद मिया र जमुनि मध्यपुरा–६ बस्ने २२ बर्षीय मोहम्मद जुमारादीलाई प्रहरीले १ थान कटुवा पेस्तोल सहित पक्राउ गरेको छ ।
सप्तरी दाग्नेश्वरी  नगरपालिका–८ भिमपुर बस्ने २२ बर्षीय दुर्गा नन्द साहलाई गएराति घरमा सुतिरहेको अवस्थामा ६–७ जनाको संख्यामा आएका नकाबधारी समुहले जबरजस्ती ढोका खोल्न लगाई घरबाट लिएर गएका थिए ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले पुरानो गमरिया प्रबाह गाबिस भवनबाट  दुर्गानन्द साह उद्धार गर्नुको साथै निजलाई लैजाने मध्येका मिया तथा जुमरादीलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको थियो ।
फरार अन्य व्यक्तिहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।