
२०७४ वैशाख ५– रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेल जर्नन क्लब वार्यन म्युनिखविरुद्धको खेल नखेल्ने भएका छन्। च्याम्पियन्स लिग फुटबल अन्तरर्गत क्वाटर फाइनलको दोस्रो लेगमा मंगलबार राति रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबाउमा जर्मन क्लब वार्यनको सामना गर्दैछ।
घरेलु मैदानमा हुने खेलमा ग्यारेथ बेलले नखेल्ने पक्का भएको छ। वार्यन म्युनिखविरुद्धको पहिलो लेगमा घाइते भएका बेल पूर्ण रुपमा फिट नभएपछि टोलीमा समावेश गरिएको छैन। बेलको खुट्टामा लागेको चोटका कारण वार्यनविरुद्ध नखेल्ने प्रशिक्षक जिनेदिन जिदानले स्पष्ट पारेका छन्। उनले भनेका छन्,‘बेलको खुट्टामा लागेको चोट निको भएको छैन। त्यसैले हामीले कुनै जोखिम मोल्न चाहन्नौं।’ बेल बार्सिलोनाविरुद्ध आइतबार हुने एल क्लासिको भिडन्तमा भने खेल्न सक्ने सम्भावना छ।
पहिलो लेगमा वार्यनविरुद्ध रियल मड्रिडले २–१ को अग्रता लिएको छ। दोस्रो लेगमा वार्यनसँग १–० ले पराजित हुँदा पनि रियल मड्रिड सेमिफाइनल पुग्नेछ भने वार्यनलाई सेमिफाइनल पुग्न रियल मड्रिडलाई कम्तिमा २–० गोल अन्तरले पराजित गर्नु पर्नेछ।