images
images

टेरीले चेल्सी छोड्ने

टेरीले चेल्सी छोड्ने

२०७४ वैशाख ५-चेल्सीका कप्तान जोन टेरीले यो सिजनको अन्तिममा क्लब छोड्ने भएका छन्। सन् १९९५ मा चेल्सीमा आबद्ध भएका टेरीले यो सिजनको अन्तिममा क्लब छोड्न लागेको चेल्सीले जनाएको छ। इंल्याण्डका पूर्व खेलाडी ३६ वर्र्षीय टेरीले २२ वर्ष लामो चेल्सीसँगको यात्रा टुंग्याउन लागेका हुन्।

टेरीले चेल्सीका लागि ७१३ खेल खेलेका छन्, जसमा ५७८ वटा खेलमा कप्तानीको जिम्मेवारी सम्हालेका छन्। टेसीले चेल्सीसँगको सम्झौता यो सिजनको अन्तिममा सकिँदैछ। स्टामफोर्ड ब्रिजमा टेरीले चारवटा प्रिमियर लिग, पाँचवटा एफए कप, तीनवटा लिग कप, एक युरोपा लिग र एक पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेका छन्।

यो सिजनपनि उनकै कप्तानीमा चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा छ।