images
images

वेष्ट ब्रुममाथि लिभरपुलको कठिन जित

२०७४ वैशाख ४ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेष्ट ब्रुममाथि कठिन जित हात परेको छ। गएराति भएको खेलमा लिभरपुलले वेष्ट ब्रुमलाई उसकै घरेलु मैदानमा १-० ले पराजित गरेको हो। लिभरपुलका लागि रोवेर्टो फिर्मिनोले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो। जितसँगै लिभरपुल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

प्रिमियर लिग फुटबलमा लिभरपुलको ३३ खेलबाट ६६ अंक भएको छ भने म्यानचेस्टर युनाइटेडसँग पराजित भएको चेल्सी ३२ खेलबाट ७५ अंकका साथ लिगको शीर्ष स्थानमा यथावत छ। दोस्रो स्थानमा रहेको टोटनहामको ७१ अंक छ भने म्यानचेस्टर युनाइटेड ३१ खेलबाट ६० अंकका साथ लिगको पाँचौ स्थानमा उक्लिएको छ।