२०७४ वैशाख ३ – मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
सरकारले संसदमा दर्ता गराएको नयाँ संविधान संशोधन विधेयकको विरोधमा गठबन्धनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वैशाख ५ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
गठबन्धनले विरोध कार्यक्रम अन्तर्गत पहिलो दिन बैशाख ५ गते देशभरका जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलुस निकाल्ने जनाएको छ। यस्तै वैशाख ७ गते जिल्लाका प्रमुख स्थानमा लाठी/सिटी जुलुस, बैशाख ९ गते जनकुिरm उदयपुर, वीरगंज र काभ्रेमा आमसभा गर्ने र वैशाख १० गते विराटनगर, भैरहवा र पाल्पामा आमसभा गर्ने कार्यक्रम घोषणा गरेको छ।
यसैगरी वैशाख ११ गते नेपालगञ्ज, विर्तामोड र काठमाडौं, १२ गते धनगढी, धरान र पोखरामा आमसभा गरिनेछ भने बैशाख १३ गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलुस प्रदर्शन तथा १४ गते जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलुस प्रदर्शन गर्ने गठबन्धनले जनाएको छ।
संघीय गठबन्धनले वैशाख १५ गते मधेस, थरुहट र लिम्वुवान बन्दको घोषणा गरेको छ भने बैशाख १६ गते नेपाल बन्दको आह्वान गरेको छ। गठबन्धनले वैशाख २७ गत आमहड्ताल र अनिश्चितकालीन नेपाल बन्दको घोषणा गरेको छ ।
सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अधुरो र त्रुटिपूर्ण मात्र नभएर आन्दोलनकारी मोर्चा र गठबन्धनसँग भएका सहमति विपरीत भएको गठबन्धनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रस्तावले जनताको कठोर, त्याग, संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरु खासरी पहिचान र अधिकारसहितको संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यतालाई समाप्त गरिएको जनाएको छ।
गठबन्धनले संघीय संसद र प्रादेशिक विधायिकाको निर्वाचन पहिले गराउनु पर्नेमा जोड दिएको छ। प्रदेश सरकारको मातहत स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र, गाउँपालिका, नगरपालिकासहित स्थानीय तहको निर्वाचन गराउनु पर्ने गठबन्धनको माग छ।
विज्ञप्ति हेर्नुस्: