रातो सारी लर्काएर…लोकगीतको मोडलिङबाट सञ्जना रानाले कला क्षेत्रमा प्रवेश गर्नुभएको हो । उदय सोताङको ‘आएँ जब भेट्न तिमीलाई’ बोलको गीत लगायत दर्जनभन्दा बढीमा मोडलिङ गरिसक्नुभएकी रानाको रुचि नृत्यमा छ । त्यसैले अभिनय र नृत्यको सैद्धान्तिक कक्षासमेत लिने सोचमा रहनुभएकी सञ्जना कलाकारितामै करिअर खोज्ने भएपछि कलाबारे सैद्धान्तिक ज्ञान त चाहियो । अब अध्ययन पनि गर्छु भन्नुहुन्छ ।
दाङकी सञ्जनाले १२ कक्षा पढेपछि अभिनयमा लाग्नुभएको हो । परिवारको सहयोगमा आफ्नै रुचिले कला क्षेत्रमा प्रवेश गरेको बताउनुहुने राना नेपाली मोडलिङको बजार विस्तार हुँदै गएको अनुभव गर्नुहुन्छ । अध्ययन र अभिनय सँगै अगाडि बढाउँदै आउनुभएकी राना कामको कमी छैन तर छानेरै काम गर्छु भन्नुहुन्छ ।
पार्वती राईको नृत्य र अभिनय मन पराउने रानालाई उपन्यास पढ्नमा रुचि छ ।
मोडल : सञ्जना राना