२०७४ वैशाख १– हेटौडाका दुई छुट्टछुट्टै खोलामा पौडी खेल्ने क्रममा डुवेर शुक्रवार एक वालकसहित २ जना मृत्यु भएको छ ।
हेटौडा उपमहानगरपालिका— २ सामरी खोलामा पौडी खेल्ने क्रममा खोलामा डुवेर हेटौडा–२ का ७ वर्षीय रिजन बर्तौलाको मृत्यु भएको हो । खोलामा डुवेर वेहोस भएका वर्तौलाको चुरेहिल अस्पतालमा उपचार गर्ने क्रममा मृ्त्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौडा उपमहानगरपालिका १७ राजदेवस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा डुवेर ३५ वर्षीय स्थानीयवासी दिपक रिजालको मृ्त्यु भएको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले वताए । खोलावाट रिजाललाई उनकै छोराले वाहिर निकालेका थिए । वाहिर निकाल्ने क्रममा उनको मृत्यु भइसकेको थियो ।